धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडामा रहेको शारदा माविले कक्षा ८ को वार्षिक परीक्षामा पालिकाभरीमै दृतिय स्थान हाँसिल गरेको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार ८६.३६ प्रतिशत ल्याउँदै सामुदायिक विद्यालयतर्फ धनगढी उपमहानगरपालिकाभरीमा दृतिय स्थान हाँसिल गरेको छ । शारदाकी आरती कुमारी सिंहले सर्वाधिक ३.५१ जिपिए प्राप्त गरेकी हुन । यसवर्ष आफ्नो विद्यालयबाट ३८ जना विद्यार्थी उत्तिर्ण भएको विद्यालयका प्रधानाध्यापक जीवन रेग्मीले जानकारी दिए ।

सामुदायिक विद्यालयतर्फ ८७.५० प्रतिशत नजिता ल्याएर बेहडाबाबा मावि प्रथम भएको छ । शारदा माविमा आफूले प्रअको जिम्मेवारी सम्हालेको साल ९ प्रतिशत नतिजा आएको थियो,बिस्तारै सबै सहक्रमी साथीहरुले मिहिनेत गरे विद्यार्थीहरुले पनि अनुशासित भएर पढिदिदा पछिल्ला वर्षहरुमा नतिजा सुधार हुँदै गैरहेको छ प्रअ रेग्मीले बताए । स्रोत साधनको अभावका बाबजुद पनि विद्यालय पछिल्लो समय अगाडी बढिरहेको छ,विस्तारै समुदायको पनि विश्वास जित्दै गैरहको आगामी दिनमा अझै राम्रो गर्ने प्रयास गर्नेछौं प्रधानाध्यापक जीवन रेग्मीले प्रतिक्रिया दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?