आन्दोलनपछि आज युवाहरू दुर्गन्धित सडक सरसफाइ गर्दै

२५ भाद्र,२०८२ः भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र प्रदर्शनपछि फोहोरले दुर्गन्धित भएका सडकहरू अहिले केही युवाहरूले सफा गरिरहेका छन्।

उनीहरू अहिले सुदूरपश्चिमको धनगढी, अत्तरिया तथा काठमाडौंको मीनभवन, बानेश्वर लगायतका स्थानहरूमा सडक तथा सडक किनारामा छरिएका प्लास्टिक, कागज, पानीका बोतल, जलेका मोटरसाइकल र टायरहरू हटाउने कार्यमा खटिएका छन्। स्वस्फूर्त रूपमा सुरु गरिएको यस सरसफाइ अभियानमा सहभागी युवाहरूले “हामी यो देशका नागरिक हौं, अरू कोही होइन“ भनेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top