You are currently viewing आफू पढेको विद्यालयलाई एक महिनाको पारिश्रमिक दिने मुख्यमन्त्री शाहको घोषणा / @KamalbahadurShahChiefMinister

आफू पढेको विद्यालयलाई एक महिनाको पारिश्रमिक दिने मुख्यमन्त्री शाहको घोषणा / @KamalbahadurShahChiefMinister

मंसिर ३०,धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक आफू पढेको विद्यालय वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सवलाई दिने घोषणा गरेका छन्। ‘म पढेको विद्यालयको स्वर्ण महोत्सवमा एक महिनाको पारिश्रमिक दिन्छु, देश विदेशमा रहेका, पेशा व्यवसायमा रहेका, सरकारी निकायमा बसेका पूर्व विद्यार्थीले थोरथोरै सहयोग गरे ठुलो सहयोग जुट्छ’ आइतबार वीरेन्द्र विद्या मन्दिर टीकापुरको स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिन लागेको स्वर्ण महोत्सव स्तम्भको शिलान्यास गर्दै मुख्यमन्त्री शाहले भने, ‘आवश्यक सहयोग प्रदेश सरकारले पनि गर्छ ।

’मुख्यमन्त्री शाहले बझाङमा स्थापना भएको सत्यवती मावि र टीकापुरमा स्थापना भएको वीरेन्द्र विद्या मन्दिर सुदूरपश्चिमको शैक्षिक धरोहर भएको बताए । विद्यालयको नामले नै शैक्षिक नगरी भनेर चिनिएको टीकापुरलाई स्थापित गर्न सुदूरपश्चिम प्रदेश सरकारले टीकापुरमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको पनि मुख्यमन्त्री शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply