कैलाली जिल्लामा निषेधाज्ञा हटाइयो

३१भाद्र,धनगढीः कैलाली जिल्लामा लागू गरिएको निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम २०८२ साल भदौ १६ गतेदेखि लागु हुनेगरी जारी गरिएको निषेधाज्ञाको प्रभाव हटाइएको जानकारी गराएको हो।

 

प्रमुख जिल्ला अधिकारीबाट जिल्लाका विभिन्न स्थानमा जारी गरिएको निषेधाज्ञाको अवस्था हटाइएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। निषेधाज्ञा हटाइएसँगै अब ती क्षेत्रहरूमा सामान्य अवस्था लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top