नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिना नेपाली कांग्रेस कोमामा रहेको बताएका छन्। काठमाण्डौंको भृकुटी मण्डपमा आइतबार सम्पन्न विशेष महाधिवेशनमा बोल्दै उनले विशेष अवस्थाबाट पार्टीले निकास दिन लागेको भन्दै यो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन्।

उनले इतिहासलाई हेर्दा कांग्रेस देशलाई निकास दिने पार्टी भएको भन्दै समयले अब पाटीलाई जीवन्त बनाउन माग गरेको स्पष्ट पारे। नेता चन्दले पार्टी भित्र लोकप्रिय मात्रै नभई देशमै लोकप्रिय नेतालाई अघि सार्नुपर्ने अवस्था आएको हुँदा विशेष महाधिवेशनबाट नवीन नेतृत्व दिनुपर्ने धारणा राखे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?