धनगढी उपमहानगरपालिका वडा न।५ हसनपुरमा रहेको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले आयोजना गरेको एक्सिस साहित्य उत्सवमा लघुकथा वाचनतर्फ मावितहमा एक्सिस विद्याश्रमले प्रथम स्थान हाँसिल गरेको छ । विद्याश्रमकी आशिया चन्दले प्रथम स्थान हाँसिल गरेकी हुन । त्यस्तै ग्ली एकेडेमीकी आयुषा देवकोटा दृतिय तथा शैनिक आवासिय महाविद्यालय तेघरीकी रोजीका जेठाराले तृतिय स्थान हाँसिल गरिन ।

त्यस्तै लघुकथा वाचनतर्फ आधारभुत तहमा थ्रीस्टार बोर्डिङ स्कुलले प्रथम स्थान हाँसिल गरेको छ । थ्रीस्टारकी सोविन्दा साउँदले प्रथम स्थान हाँसिल गरेकी हुन । त्यस्तै एरिष्टो माविकी एञ्जल गुप्ताले दोश्रो तथा ग्ली एकेडेमीकी सुखी श्रेष्ठले तेश्रो स्थान हाँसिल गरिन ।

प्रथम,दृतिय र तृतिय स्थान हाँसिल गर्नेहरुले प्रमाणपत्र,मेडल र नगद पुरस्कार प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?