You are currently viewing एक्सिस साहित्य उत्सव : स्ल्याम कविता वाचनमा मावितर्फ एक्सिस विद्याश्रम तथा आधारभुत तहतर्फ रिज एकेडेमी प्रथम

एक्सिस साहित्य उत्सव : स्ल्याम कविता वाचनमा मावितर्फ एक्सिस विद्याश्रम तथा आधारभुत तहतर्फ रिज एकेडेमी प्रथम

धनगढी उपमहानगरपालिका वडा न।५ हसनपुरमा रहेको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले आयोजना गरेको  एक्सिस साहित्य उत्सवमा स्ल्याम कविता वाचनमा मावितर्फ एक्सिस विद्याश्रमले प्रथम स्थान हाँसिल गरेको छ । विद्याश्रमकी अभिलाषा भट्टले प्रथम स्थान हाँसिल गरेकी हुन ।

त्यस्तै नन्दिनाँज एकेडेमीकी प्राप्ती खतिवडा र एरिष्टो माविकी विधि भण्डारी दृतिय तथा ऐश्वर्य विद्या निकेतनकी आयुष्मा विष्टले तृतिय स्थान हाँसिल गरिन ।

त्यस्तै स्ल्याम कविता वाचन आधारभुततर्फ रिज एकेडेमी कञ्चनपुरले प्रथम स्थान हाँसिल गरेको छ । एकेडेमीकी सुहाना नागरिले प्रथम स्थान हाँसिल गरेकी हुन ।त्यस्तै नेपाल पुलिस स्कुलका सार्थक भण्डारीले दृतिय तथा एक्सिस विद्याश्रकी अपेक्षा खड्काले तेश्रो स्थान हाँसिल गरिन । प्रथम,दृतिय र तृतिय स्थान हाँसिल गर्नेहरुले प्रमाणपत्र,मेडल र नगद पुरस्कार प्राप्त गरे ।

सहिद दिवसको अवसर पारी विद्यालयको प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रममा कैलाली र कञ्चनपुरका गरी १५ विद्यालयका १०० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए । पुस्तक समिक्षा,कविता वाचन,स्ल्याम कविता वाचन र लघुकथा वाचन गरी ४ विधामा प्रतियोगीता गराइएको उक्त एक्सिस साहित्य उत्सवमा विद्यार्थीहरुले उत्कृष्ट सिर्जना पस्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply