You are currently viewing एरिष्टो माध्यमिक विद्यालयमा नमूना संसद कार्यक्रम सम्पन्न

एरिष्टो माध्यमिक विद्यालयमा नमूना संसद कार्यक्रम सम्पन्न

२४ श्रावण २०८३: धनगढी ८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयमा नमूना संसद कार्यक्रम २०८३ सम्पन्न भएको छ । उक्त कार्यक्रममा संसदहरुले गाउँको सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, बेरोजगारी, कृषि लगायतका विभिन्न समस्या विद्यार्थीले संसदिय अभ्यासमार्फत उठाएका थिए । त्यसपछि विषयगत मन्त्रालय र प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए ।


कक्षा ९ र १० का विद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका संदस्य रमेश सिहं धामी प्रमुख अतिथिको रुपमा रहेका थिए भने प्रधानाध्यापक हरी क्षेत्री पनि सहभागी थिए ।विद्यार्थीहरुलाई नेपालकोे संसदिय अभ्यास र शासकीय प्रणाली बारे व्यवहारिक ज्ञान होस भन्नका लागि नमूना संसद कार्यक्रम आयोजना गरिएको विद्यालयका मावि तह संयोजक विकास किश्वकर्माले जानकारी दिए ।संयोजक विश्वकर्माले विद्यार्थीहरुको नेतृत्व क्षमता विकास लागि पनि यस्ताखाने कार्यक्रमले सहयोग पुग्ने भएकाले एरिष्टो माध्यमिक विद्यालयले निरन्तर विद्यार्थी केन्द्रित कार्यक्रम आयोजना गर्दै आएको बताए । कार्यक्रम बोलन्या थलीको सहकार्य र कैलाली बहुमुखी कयाम्पसमा कानुन संकाय अध्ययनरत विद्यार्थीहरुको संयोजनमा आयोजना भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply