एसपिए लिटल फ्लावर प्राइड लिग :घोडाघोडी क्रिकेट एकेडेमीले पायोनर्स एकेडेमीलाई दियो १३३ रनको लक्ष्य

धनगढी १६ ,फाप्ला  : धनगढीको फाप्लामा जारी दशौं संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिगको चौथो खेलमा सुख्खडको घोडाघोडी क्रिकेट एकेडेमीले लम्कीको पायोनर्स एकेडेमीलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

घोडाघोडी क्रिकेट एकेडेमीका लागि गोविन्द्र बिस्टले आक्रामक अर्धशतक प्रहार गरेका छन । ४३ बलको सामना गरेका बिष्टले ७ चौका र ४ छक्का हिर्काउँदै ६२ रन बनाएर पवेलियन फर्किएका थिए । त्यस्तै नितेश बुढाथोकीले २३ रनको पारी खेल्दा गणेश शाहले १० रन बनाउन सफल भए ।

पायोनर्स एकेडेमीका लागि सोलुप चौधरीले ३ विकेट लिन सफल भए । त्यस्तै विमल कटुवाल र रोयल ढकालले समान दुई दुई विकेट लिन सफल भए । १३३ रनको लक्ष्य पछ्याउनको लागि केहिबेरमा पायोनर्स एकेडेमी मैदान प्रवेश गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top