धनगढी ७ भानुचोकमा रहेको माइलस्टोन इङ्लिस बोर्डिङ स्कुलले कक्षा आठको वार्षिक परीक्षामा शतप्रतिशत नतिजा हाँसिल गरेको छ । धनगढी उपमहानगरपालिकाले लिएको वार्षिक परीक्षामा माइलस्टोन इङ्लिस बोर्डिङ स्कुलका ९ जना विद्यार्थी सहभागी भएकोमा ९ जना नै उत्तिर्ण भएको विद्यालयका प्रिन्सिपल भुवन मल्लले जानकारी दिए ।

प्रिन्सिपल मल्लका अनुसार अञ्जु चौधरी र शिशिर ओझाले सर्वाधिक ३.९४ जिपिए ल्याएर उत्तीर्ण भएका छन । पछिल्ला केहि वर्षदेखि भुवन मल्लले नेतृत्व गरिरहेको विद्यालय उत्कृष्ट व्यवस्थापनका साथ अगाडी बढिरहेको छ । कक्षा आठसम्म सञ्चालित विद्यालयमा नजिकै आइरहेको शैक्षिकसत्र २०८३ बाट कक्षा ९ को पनि पठनपाठन सुरु हुने विद्यालय प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?