You are currently viewing कक्षा १२ मा धनगढीको नास्ट माविले ल्यायो सुदूरपश्चिममै सर्वोत्कृष्ट नतिजा /NAST SCHOOL DHN.

कक्षा १२ मा धनगढीको नास्ट माविले ल्यायो सुदूरपश्चिममै सर्वोत्कृष्ट नतिजा /NAST SCHOOL DHN.

२० श्रावण,२०८२:  धनगढी उपमहानगरपालिका वडा न.४ उत्तरबेहडीमा रहेको नास्ट माध्यमिक विद्यालयले कक्षा १२ को वार्षिक परीक्षामा सुदूरपश्चिम प्रदेश भरीमै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार नास्ट माध्यमिक विद्यालयमा अध्ययनरत विज्ञान समूहका विद्यार्थी कपिल भण्डारीले ३.९५ जिपिए ल्याउँदै प्रदेश भरीमा सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका हुन ।

त्यस्तै मोहित अवस्थीले पनि ३.९२ जिपिए हाँसिल गरेका छन । अघिल्लो वर्ष विज्ञान समूहमै कैलाली मोडेका विद्यार्थी निराजन पाण्डेयले ३.९२ जिपिए ल्याउँदै सुदूरपश्चिम प्रदेश भरीमै प्रथम भएका थिए । केहि विद्यालयको नतिजा भने हामीले प्राप्त गर्न सकेका छैनौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ कोे कक्षा १२ को वार्षिक परीक्षामा नास्ट माध्यमिक विद्यालयबाट ६०१ जना विद्यार्थी सहभागी भएकोमा ४१६ ( ६९.२१ प्रतिशत ) जना विद्यार्थी उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका प्रिन्सिपल उपेन्द्र बमले दिएको जानकारी अनुसार विज्ञान समूहबाट २८६ जना र व्यवस्थापन समूहबाट १३० जना विद्यार्थी उत्तिर्ण भएका हुन ।

विज्ञान समूहका विद्यार्थी कपिल भण्डारीले ३.९५ जिपिए ल्याउँदै प्रदेशमै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेसँगै व्यवस्थापन समूहमा पनि २ जना विद्यार्थी उत्सव अग्रवाल र रोशनी रावलले पनि उत्कृष्ट नतिजा हाँसिल गरे । उनीहरु दुवैले ३.८६ जिपिए प्राप्त गरेका छन । नास्ट माध्यमिक विद्यालयमा ३.६१ देखि ३.९५ जिपिए ल्याउने विद्यार्थी संख्या ४२ रहेको छ ।

नास्ट माध्यमिक विद्यालयका प्रिन्सिपल उपेन्द्र बमले शैक्षिक नगरीको रुपमा स्थाथित भैरहेको धनगढीमा पछिल्लो समय अत्यन्तै अस्वस्थ प्रतिस्पर्धा भैरहेको भन्दै यसले समाजमा नकारात्मक सन्देश गैरहेको बताए । उनले भने हाम्रो समाज हामीले नै बनाउने हो,सबैले मिहिनेत गरौं,अस्वस्थ प्रतिस्पर्धा नगरौं,आपसी सहयोग सद्भावले स्वस्थ शैक्षिक वातावरणको सृजना गरौं यसले धनगढीको परिचय अझ फराकिलो बनाउनेछ । 

विगत दुई दशक भन्दा अधिक समयदेखि धनगढीमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नास्ट माध्यमिक विद्यालय यस प्रदेशकै सुपरिचित शैक्षिक संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply