१३श्रावण,२०८२ः भारतले ताजिकिस्तान र उज्वेकिस्तानमा हुने काफा नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
आयोजक मध्य एसियाली फुटबल महासंघ (काफा) ले भारतलाई मलेसियाको स्थानमा खेलाउन लागेको हो । प्रतियोगितामा भारतको यो पहिलो सहभागिता हुनेछ। प्रतियोगिता आगामी अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुँदैछ ।

आठ टोली सहभागी हुने दोस्रो संस्करणको प्रतियोगिताका लागि मलेसिया र ओमानलाई आमन्त्रित टोलीको रूपमा निमन्त्रणा गरिएको थियो। तर, मलेसियाले खेलाडी उपलब्धता र यात्रा व्यवस्थापनका समस्या देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?