कैलालीका दुई चर्चित कम्युनिष्ट विद्यार्थी नेता जोशी र सुनार रास्वा प्रदेश,सांसद केपी खनालले दिए पुष्पगुच्छा

३१ असोज,धनगढी : कैलालीका दुई चर्चित कम्युनिष्ट विद्यार्थी नेता यमराज जोशी र पवन सुनार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गरेका छन । जोशी र सुनार शुक्रबार धनगढीमा रास्वपाका केन्द्रिय सदस्य एवं कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य केपी खनाल र कैलाली ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य खेमराज कोइरालाको विशेष उपस्थितिमा रास्वपा प्रवेश गरेका हुन ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूबाट विगत एक दशकदेखि राजनितमा सकृय रहेका जोशी कैलाली बहुमुखी क्याम्पसको स्ववियू सभापति समेत भैसकेका छन भने सुनार केपाली कम्युनष्टि पाटीर्को (नेकपा) भातृ संगठन अखिल का्रन्तिकारीमा लामो समयदेखि सकृय थिए । पवन पनि कैलाली बहुमुखी क्याम्पसबाट पछिल्ला दुई निर्वाचनमा स्ववियू सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

त्यसैसरी लम्की बहुमुखी क्याम्पसका चर्चित विद्यार्थी नेता तथा पूर्व स्ववियू सभापति तपेन्द्र प्याकेरेल, कैलाली बहुमुखी क्याम्पसकी अखिल का्रन्तिकारी नेतृ विष्ना बोहोरा र रघुनाथ बुहुमुखी क्याम्पस जोशीपुरबाट नेविसंघको राजनीतिमा सकृय रावल बुढा पनि रास्वपा प्रवेश गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top