कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

७ भाद्र,२०८२ः कैलालीको धनगढीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१७ दिपनगर स्थित सोही ठाउँ बस्ने २० वर्षीय युघिस्टर बुढामगरको शुक्रवार मृत्यु भएको हो।

बुढामगर आफ्नै घर नजिकै रहेको हल्दुको रुखमा चढी रुखको हाँगा काट्टने क्रममा उक्त हाँगा नजिकै रहेको बिद्युतको हाईटेन्सन लाईनमा छुन गई उनलाई करेन्ट लागेर गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि सेती प्रादेशीक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top