You are currently viewing ‎कैलालीमा निजी विद्यालय बन्द गर्ने नीतिविरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

‎कैलालीमा निजी विद्यालय बन्द गर्ने नीतिविरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ भाद्र २०८ः‎‎संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिको विरोधमा कैलालीमा आज बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
‎हिसान, प्याब्सन लगायतका निजी विद्यालय संगठनहरूको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम आज दिउँसो १ बजे धनगढीको ओम प्यालेसमा सम्पन्न भएको हो।कार्यक्रममा निजी विद्यालयका प्रतिनिधिहरू, सरोकारवालाहरू र शिक्षासम्बन्धी निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले सरकारले ल्याउन लागेको नीति शिक्षा क्षेत्रमा प्रतिकूल हुने भन्दै आपत्ति जनाएका छन् र गुणस्तरीय शिक्षामा निजी क्षेत्रको योगदानलाई मान्यता दिनुपर्नेमा जोड दिएका छन्।


‎हिसान, प्याब्सन लगायतका निजी विद्यालय संगठनहरूले  शिक्षा विधेयकका विवादास्पद प्रावधान संशोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ। अन्तरक्रिया कार्यक्रम सात वटै प्रदेशमा भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply