कैलाली उद्योग वाणिज्य सङ्घद्वारा व्यवसायी सदस्यको सामूहिक दुर्घटना बिमा

कैलाली उद्योग वाणिज्य संघमा दर्ता तथा नवीकरण भएका २ हजार ४३४ जना व्यवसायी सदस्यको प्रति व्यक्ति एक लाख रुपैयाँ बीमाङ्क बराबरको सामूहिक दुर्घटना बिमा गरिएको छ। उक्त सम्झौतामा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदूरपश्चिम प्रदेश क्षेत्रीय प्रबन्धक डिल्ली राज शर्माले हस्ताक्षर गरेका हुन् ।


कैलाली उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबिच भएको सम्झौता अनुसार संघमा आबद्ध सबै व्यवसायी सदस्यलाई सामूहिक दुर्घटना बिमाको दायरामा ल्याइएको हो। नयाँ कार्य समितिले निर्वाचनका क्रममा गरेको प्रतिबद्धता अनुसार नयाँ कार्यसमितीको पहिलो बैठकले निर्णय बमोजिम बिमा व्यवस्था लागू गरिएको संघले जनाएको छ।
बीमालेख अनुसार दुर्घटनाबाट बीमितलाई शारीरिक क्षति पुगेमा बीमालेखमा उल्लेखित लाभ तालिकाअनुसार बिमितले भुक्तानी पाउने व्यवस्था गरिएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश क्षेत्रीय प्रबन्धक डिल्ली राज शर्माले बताए ।

संघका अध्यक्ष पुष्कर राज ओझाले सामूहिक बिमाले व्यवसायीहरूलाई आकस्मिक दुर्घटनाबाट हुने आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुका साथै संघको मेरुदण्डका रुपमा रहेका सदस्यहरुको ब्यवसायिक हितका साथै सर्वोपरि हित संघको पहिलो प्राथमिकता भएकोले यस्ता किसिमका सदस्यहरुको कल्याणमैत्री क्रियाकलापहरु निरन्तर रुपमा अघाढी बढ्ने जनकारी गराएका छन

संघमा दर्ता भएका तथा नविकरण हुन बाँकी सदस्यहरुलाई पनी आफ्नो सदस्यता समयमै नविकरण गरी र दर्ता नभएका ब्यवसायी लार्य दर्तागरी यस्ता किसिमका सुविधाबाट लाभान्वित हुनको निम्ती संघले सम्पुर्ण ब्यवसायीहरुलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top