कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु, ४६ जना घाइते

२४ श्रावण,२०८२ कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। बिहीवार रातिदेखि नै कारागारमा कैदीबन्दीबिच कुटाकुट भइरहेको छ। कुटपिट हुँदा घाईते भएका एक जनाको मृत्यु भएको स्रोतले बताएको छ। मृतकको विवरण भने अहिले सार्वजनिक गरिएको छैन्। कुटपिट हुँदा ४६ जना घाईते भएको जनाइएको छ।

झडपका क्रममा घाइते भएका ४६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानविन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ। कारागार परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top