कैलाली कारागार प्रशासनद्धारा कैदीलाई सात ठाउँमा स्थानान्तरण

१९ भाद्र,धनगढीः कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ।
कारागारले २९ जना कैदीबन्दीलाई सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लासहित अन्यत्र पनि स्थानान्तरण गरेको हो। साउन २३ गते राति भएको हिंसात्मक घटनामा ४८ जना कैदीबन्दी घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो।
उपचार पश्चात निको भएका २९ जना कैदीबन्दी स्थानान्तरण भइसकेको जेलर चिरञ्जिवी सापकोटाले जानकारी दिए। एक जना भने कैद भुक्तान गरेर रिहा भएका छन्। कारागार प्रशासनले कञ्चनपुर र डडेल्धुरामा ६|६ जना, बाँकेको नौबस्ता र काठमाडौंमा पाँच÷पाँच जनालाई स्थानान्तरण गरेको छ। यसैगरी, डोटीमा तीन, बझाङमा तीन र नवलपरासीमा एक जनालाई स्थानान्तरण गरिएको छ। अब १८ जना कैदीबन्दीमात्रै स्थानान्तरण गर्न बाँकी रहेका छन्। उनीहरूमध्ये एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने निको भएका १७ जनालाई कोभिड अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top