धनगढीको फाप्लामा जारी कैलाली जिल्ला विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । ३६ टोली सहभागी प्रतियोगीतामा अन्तिम ४ मा थी्र स्टार्स,वेस्टर्न क्रिस्टल,विद्याभुषण र पायोनियर्स एकेडेमी पुगेका छन ।
बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा पायोनियर्स एकेडेमीले धनगढी नमूना प्राविधिक विद्यालयलाई ५५ रनले पराजित गर्दै सेमिफाइनलको टिकट पक्का गरेको हो ।

त्यस्तै दोश्रो क्वाटरफाइनलमा मयुर बोर्डिङ्ग स्कुललाई ५ विकेटले पराजित गर्दै वेस्टर्न क्रिस्टल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । मयुर बोर्डिङ्ग स्कुलले दिएको ५३ रनको झिनो लक्ष्य वेस्टर्न क्रिस्टल एकेडेमीले ५.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
सत्यवती एकेडेमी अत्तरयिा र विद्याभुषण मावि गेटा बीच भएको तेश्रो क्वाटरफाइनलमा सत्यवती एकेडेमीलाई ७ विकेटले पराजित गर्दै विद्याभुषणले सेमिफाइनलको टिकट पक्का गर्यो भने अन्तिम तथा चौथो क्वाटरफाइनलमा सिसिएस स्कुललाई ५ विकेटले पराजित गर्दै थ्री स्टार्स बोर्डिङ्ग स्कुल सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगीताको पहिलो सेमिफाइनल शुक्रबार बिहान आठ बजे विद्याभुषणले पायोनियर्स एकेडेमीसँग खेल्नेछ भने दोश्रो सेमिफाइनल ठिक २ बजे वेस्टर्न क्रिस्टल एकेडेमीका विरुद्ध थ्री स्टार्स बोर्डिङ्ग स्कुल खेल्नेछ ।
जिल्ला क्रिकेट संघ कैलालीकोे आयोजनामा गत जेष्ठ १५ गतेबाट सुरु भएको प्रतियोगीतामा कैलाली जिल्लाभरका ३६ विद्यालय सहभागी छन । प्रतियोगीताको फाइनल खेल आउँदो सनिबार धनगढीको फाप्ला मैदानमा आयोजना हुने जिल्ला क्रिकेट संघ कैलालीका सचिव देव नारायण झाले बताएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?