धनगढीको फाप्लामा सम्पन्न कैलाली जिल्ला विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिपमा धनगढी ८ क्याम्पस रोडमा रहेको थ्रीस्टार्स बोर्डिङ्ग स्कुल उपविजेता बन्न सफल भएको छ ।

आइतबार सम्पन्न फाइनलमा भने विद्याभुषण पब्लिक स्कुलले ५ विकेटले खेल जित्दै उपाधि जितेको थियो । उपविजेता बनेको थ्रीस्टार्सले नगद २५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगीतामा अपराजित हुँदै फाइनलको यात्रा तय गरेको थ्रीस्टार्सका लागि कप्तान रबिन्द्र सिहं धामी,बलर योगेश जोशी लगायत केहि खेलाडी सबैका नजरमा पर्न सफल भए ।

जिल्ला क्रिकेट संघ कैलालीकोे आयोजनामा गत जेष्ठ १५ गतेबाट सुरु भएको प्रतियोगीतामा कैलाली जिल्लाभरका ३६ विद्यालय सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?