धनगढी उपमहानगरपालिका वडा न.४ उत्तरबेहडीमा रहेको कैलाली मोडेले माध्यमिक विद्यालयले अभिभावकहरुलाई लक्षित गर्दै विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । आइतबार विद्यालय प्रांगणमा अभिमुखीकर्ता रविकिरण श्रेष्ठले असल बालबालिका तयार गर्न अभिभावकहरुले पनि असल व्यवहार गर्न जान्नुपर्ने बताएका छन । प्रश्नोत्तर शैलीबाट सुरुवात गरिएको उक्त कार्यक्रम अभिभावकहरुले निकै चाखपूर्वक श्रवण गरेका थिए ।

श्रेष्ठले संसारमा जन्मिदा सबै खाली दिमागका साथ नै जन्मिने भन्दै त्यसपछि कस्तो आकार दिने भन्ने कुरा पूर्णतया अभिभावकहरुमा भर पर्ने भन्दै बालबालिका असल बनाउन अभिभावकहरुले भरपुर समय दिनुपर्ने कुरामा जोड दिएका छन ।

उनले अभिभावकहरुले बालबालिकालाई कसरी हेरचार गर्ने,समय व्यवस्थापन कसरी मिलाउने,बालबालिका सामु के गर्ने के गर्ने,के गर्दा बालबालिकाको पढाई र उनीहरुको शारिरीक मानसिक विकास थप राम्ररी हुन सक्छ भन्नेबारे प्रशिक्षण गराएका छन । श्रेष्ठले सकारात्मक सोचले मात्रै आफू,घरपरिवार,समाज र देश बन्ने भएकाले नकरात्मक कुरा दिमागबाट डिलिट गर्नुपर्ने बताए ।

त्यस्तै विद्यालयका संस्थापक प्रिन्सिपल तपेन्द्र बहादुर सिंहले बालबालिका १८ घण्टा अभिभावकै साथमा रहने भएकाले धेरैकुरा घरबाटै सिक्ने भन्दै अभिभावकहरुले बालबालिका सामु असल काम मात्रै गर्नपर्ने बताएका छन ।

प्रिन्सिपल सिंहले विद्यालय भन्दा अगाडि अनौपचारिक शिक्षा दिने पहिलो माध्यम घरपरिवार भएको भन्दै असल अभिभावक कसरी बन्ने,बालबालिका हुर्काउँदा के के कुरामा ध्यान दिने भन्ने कुरा सिकाउनका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको भन्दै यसबाट अभिभावकहरुले धेरै कुरा सिक्ने बताए ।

कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने कैलाली मोडेल माध्यमिक विद्यालय सुदूरपश्चिम कै लोकप्रिय शैक्षिक संस्थाको रुपमा स्थापित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?