वीरजंगको नारायणी रंगशलामा शुक्रबार सम्पन्न प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशले दोस्रो जित दर्ता गरेको छ ।

सुदूरपश्चिमले कोशी प्रदेश विरुद्ध ७ विकेटको सहज जित दर्ता गरेको छ। कोशीले दिएको १३१ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमै भेटायो। सुदूरपश्चिमका लागि खडक बोहराले ६६ रनको उत्कृष्ट पारी खेले ।

पहिलो खेलमा कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको सुदूरपश्चिम दोश्रो खेलमा भने मधेश प्रदेशसँग ५ विकेटले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?