You are currently viewing ग्ली एकेडेमीमा विद्यार्थी परिषदको निर्वाचन सम्पन्न,एलिस खड्का अध्यक्षमा निर्वाचित

ग्ली एकेडेमीमा विद्यार्थी परिषदको निर्वाचन सम्पन्न,एलिस खड्का अध्यक्षमा निर्वाचित

धनगढी ४ ओमशान्ती टोलमा रहेको ग्ली एकेडेमीमा विद्यार्थी परिषदको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्रांगणमा सम्पन्न उक्त विद्यार्थी परिषदको निर्वाचनबाट कक्षा ९ का छात्र एलिस खड्का अध्यक्षमा विजयी भएका छन । अध्यक्ष पदका लागि उनीसँगै प्रतिस्पर्धामा रहेकी आयुषा भट्ट भने पराजित हुन पुगीन । निर्वाचन अघि अध्यक्षका उम्मेदवार द्वय खड्का र भट्टले आफ्नो पक्षमा राम्रो माहोल भएकाले आफूले नै चुनाव जित्ने दाबी गरेका थिए ।

विद्यालय प्रशासनले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा कमला नाथ,सचिवमा पवन ओझा,सूचना प्रविधि प्रमुखमा जेनिशा गजुमेर र जनसम्पर्क अधिकारीमा आयुष जि.सी विजयी भएका छन । निर्वाचनमा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेपनि उम्मेदवारी भने कक्षा ९ र १० का विद्यार्थीहरुले मात्रै दिएको विद्यालयकी भाइस प्रिन्सिपल तथा निर्वाचन कमिटि संयोजक तारा भट्टले बताइन ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीको प्राविधिक सहयोगमा सम्पन्न उक्त निर्वाचनको अवलोकनका लागि प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्ट पनि सहभागी भएका थिए । निर्वाचन प्रक्रिया अवलोकन पश्चात कार्यालय प्रमुख भट्टले केहि समय उम्मेदवारहरुलाई लोकतन्त्र र आवाधिक निर्वाचन सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यालय प्रमुख भट्टले विद्यालयले निकै व्यवस्थित तवरबाट निर्वाचन सम्पन्न गरेको भन्दै यसले विद्यार्थीहरुमा निर्वाचन सम्बन्धी व्यवहारिक ज्ञानको सिकाई भएको बताएका छन ।

विद्यार्थीहरुलाई आवाधिक निर्वाचन भनेको के हो,भोट कसरी खसान्छि यस प्रक्रियामा कसरी सहभागीता जनाउन सकिन्छ भन्ने बारे विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान हाँसिल होस भन्नका लागि निर्वाचन आयोजना गरिएको विद्यालयकी भाइस प्रिन्सिपल तथा निर्वाचन कमिटि संयोजक तारा भट्टले बताइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply