घरेलु लिग नहुँदा बेरोजगार बन्दै खेलाडी,दुई छाक टार्नकै लागि बंगलादेश आइपुगे : विष्ट /@AnjanBist

राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले हालको राजनीतिक अराजकता र अस्थिरताप्रति गहिरो पीडा व्यक्त गरेका छन् । मुलुकमा फैलिएको क्रान्तिको ज्वाला र सडकमा देखिएको बलिदानप्रति भावुक हुँदै उनले सामाजिक सञ्जालमार्फत आफ्नो मनको व्यथा पोखेका हुन् ।

उनी फेसबुकमा लेख्छन : 

‘के भन्नु दुर्भाग्य ! मेरो नेपाल आमा रोइरहनु भएको छ । अज्ञात भविष्यको आशा बोकेर सडकमा उत्रिएका युवाहरू बलिदान भएर सहिद बन्न पुगेका छन्,’ अञ्जनले लेखेका छन् । उनले आफू चाहेर पनि देशको यो पीडादायी अवस्थालाई परिवर्तन गर्न नसकेको भन्दै माफीसमेत मागेका छन् ।

नेपालमै वर्षौंदेखि फुटबल लिग सञ्चालन नहुँदा बाध्यताले बंगलादेशमा खेल्न पुगेको अनुभव पनि अञ्जनले सार्वजनिक गरेका छन् । ‘म राष्ट्रिय फुटबल खेलाडी हुँ । तर, देशमा लिग नहुँदा दुई छाक टार्न र बाबा–आमाको सपना पूरा गर्न छिमेकी मुलुकमा खेल्न आइपर्नु परेको छ । अहिले सम्पूर्ण खेलाडीहरू बेरोजगार अवस्थामै छन्,’ अञ्जनले लेखेका छन् । 

उनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल लिग सुरु गर्ने वातावरण बनाउन पनि आग्रह गरेका छन् । ‘मेरो बिन्ती छ, एन्फाले अब फुटबलको लिग पुनः सञ्चालन गर्ने वातावरण चाँडोभन्दा चाँडो बनाओस्,’ अञ्जनले भनेका छन्, ‘म अवश्य फर्केर देशका लागि केही गर्नेछु ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top