५भाद्र,२०८२ःचर्च ब्वाइज युनाइटेड एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार चर्च ब्वाइजले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबविरुद्ध १–० को जित निकाल्यो । सुजता पालुङग्वाले दोस्रो हालमा गरेको एकमात्रै गोल चर्च ब्वाइजलाई जित दिलाउन प्रयाप्त बन्यो । उनले खेलको ७६औं मिनेटमा गोल गरिन् ।

जितसँगै दुई खेलमा ६ अंक जोडेको चर्च ब्वाइज समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। चर्च ब्वाइजले पहिलो खेलमा यसअघि एफसी रियलेलाई ६–० ले पराजित गरेको थियो । यता पहिलो पराजय बेहोरेको आरएसको दुई खेलबाट तीन अंक छ । आरएसले पहिलो खेलमा राप्ती एफसीविरुद्ध १–० को जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?