चुरे गाउँपालिका स्तरिय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

” स्वास्थ्यका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद, चुरे गाउँपालिकाको सान, खेलकुद हाम्रो पहिचान” भन्ने मुल नाराका साथ बुधबारबाट चुरे गाउँपालिका स्तरिय पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शिव माध्यमिक विद्यालय, किम्तोलामा सुरु भएको छ ।

चुरे गाउँपालिकाका एघार ओटा माध्यमिक विद्यालयहरु सहभागी रहेको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । शिव मावि किम्तोलाका वि. व्य.स.अध्यक्ष हिक्मत भाटको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको प्रमुख अतिथि चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी र विशिष्ट अतिथिमा गाउँपालिकाका उपाध्यक्ष धनादेबी थापा रहनुभएको थियो । उद्घाटन समारोहमा शिव मा। बि।किम्तोलाका प्रधानाध्यापक हेमन्त लामाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 


उद्घाटन समारोहमा एघारै ओटै विद्यालयका खेलाडी विद्यार्थीहरुले मार्चपास प्रदर्शन गरेका थिए । केही विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top