जिल्ला प्रशासन कार्यालय कैलालीलाई थ्रिस्टार बोर्डिङले ग¥यो कम्प्युटर जन्य सामग्री सहयोग

भाद्र ३१,धनगढी : धनगढी उपमहानगरपालिका–८ स्थित थ्री स्टार इङलिस बोर्डिङ स्कुलले जिल्ला प्रशासन कार्यालय कैलालीलाई अत्यावश्यक सेवा सुचारुका लागि कम्प्युटर जन्य सामग्री सहयोग गरेको छ ।


गत भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका उपकरणहरू सम्पूर्ण रुपमा जलेर नष्ट भएपछि दैनिक सेवा प्रवाहमा समस्या आएको थियो । थ्रिस्टार बोर्डिङ स्कुलले कम्प्युटर जन्य विभिन्न आवश्यक सामग्रीहरू सहयोग गरेपछि थौरै मात्रामा भएपनि कार्यालयको दैनिक सेवा प्रवाहमा सहयोग पुगेको जिल्ला प्रशासन कार्यालयका अधिकृत शिवराज जोशीले बताए ।

थ्री स्टार इङलिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक गोपाल शर्मा गौतमले कार्यालयका प्रशासकिय अधिकृत शिवराज जोशीलाई ती सामग्रीहरू हस्तान्तरण गरेका हुन ।

विद्यालयले कम्प्युटर १ थान,क्यानोन स्क्यानर ३ थान,प्रिन्टर २ थान, मल्टिप्लग ७ थान,किर्वोड,माउस सेट ५ थान सहयोग गरेको हो । धनगढीका अन्य थुप्रै संघ संस्थाले पनि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै प्रशासकिय अधिकृत जोशीले जिल्लाका अन्य कार्यालयको अवस्था पनि नाजुक रहेको भन्दै ती कार्यालयमा पनि थप सहयोगका लागी धनगढीबासीलाई अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top