जेनजी को आवाजप्रति गम्भीर बन्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

२३ भाद्र,२०८२ः राष्ट्रिय मानव अधिकार आयोगले जेन जी पुस्ताको आवाजप्रति गम्भीर बन्न र प्रदर्शनकारीहरूमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले आज विज्ञप्ति निकालेर यस प्रकारका प्रदर्शनअघि नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रूपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको हो ।

प्रदर्शनको आयोगले अनुगमन गरेको र अनुगमनका क्रममा हिँडेको आयोगको गाडी र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top