You are currently viewing जेन्जीको नाममा बैतडीको पुर्चौडी नगरपालिकाको एक्स्काभेटरमा आगजनी

जेन्जीको नाममा बैतडीको पुर्चौडी नगरपालिकाको एक्स्काभेटरमा आगजनी

२९भाद्र,धनगढीः जेन्जीको नाममा बैतडीको पुर्चौडी नगरपालिकाको एक्स्काभेटरमा आगजनी गरिएको छ। भदौ २६ गते राति एक्स्काभेटरमा आगजनी गरिएको नगरपालिकाले जनाएको छ। सडक सफा गर्न श्रीभावर– हाट सडक खण्डको वडा नम्बर(७ रतोकामा राखिएको डोजरमा जेन्जीका नाममा अज्ञात समूहले आगो लगाएको नगरपालिकाले जनाएको छ। एक्स्काभेटर जलेर काम नलाग्ने भएको बताइएको छ। सडक सफा गर्न रतोका गाउँमा राखिएको एक्स्काभेटर जेन्जी आन्दोलन मत्थर भइसेकेपछि जलाइएको हो।


यस्तै, भदौ २५ गते राति जेन्जी समूहको नाममा पुर्चौडी(१ मा रहेको माओवादी केन्द्र पार्टी कार्यालयमा समेत आगजनी गरिएको थियो। पार्टी कार्यालयमा भने सामान्य क्षति भएको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply