टी-२० टोलीको क्याम्पका लागि कुशल र आदिलसहित ३२ खेलाडी बोलाइए,अरु को-को परे त क्याम्पमा ?

२९ असार,२०८२ : ओमानमा आयोजना हुने टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ ( क्यान) ले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बोलाएको प्रारम्भिक क्याम्पमा समावेश ३२ खेलाडीहरूमा रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रूपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहमद आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकार र अर्जुन घर्ती छन् ।

क्यानले बन्द प्रशिक्षणमा मोहम्मद आदिल आलमलाई पनि समावेश गरेको छ । उनले केही महिनाअघि मात्र आइसिसीबाट क्लिन चिट पाएका थिए । मोहमद आदिल आलम सन् २०७९ मंसिरमा त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको नेपाल टी–२० लिगका क्रममा स्पट फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका थिए। त्यसपछि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग गरिएका थिए। त्यस्तै स्कटल्याण्ड सिरिजका लागि टिममा नपरेका खेलाडी कुशल मल्ललाई पनि क्याम्पमा बोलाइएको छ ।

उक्त टोलीबाट छानिएका खेलाडीहरू समावेश भएको अन्तिम १५ जनाको टोलीले एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्नेछ। यही छनोट नेपालका लागि २०२६ भारत–श्रीलंकामा संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा पुग्ने अर्को अवसर हुनेछ। नेपालले आउँदो अक्टोबरमा ओमानमा हुने विश्वकप छनोट खेल्नेछ । नेपालको समूहमा कुवेत र जापान समावेश छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top