शुभ दीपावलीको अवसर पारेर डडेल्धुराको न्यापधुरा गाउँपालिका कोरालखोलामा खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगिता आगामी कात्तिक २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ। खेलकुदको विकास, आपसी सद्भाव, भाइचारा र खेलाडीको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगीतामा विजेता टोलीले नगद रु ४३,५००,द्वितीय हुने टोलीले नगद रु २१,५०० र तृतीय हुने टोलीले नगद रु १०,५०० र ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गर्ने स्थानीय युवा राजेश मल्लले जानकारी दिए । त्यस्तै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगद पुरस्कार जित्नेछन । प्रतियोगीतामा प्रवे शुल्क रु ३५०० राखिएको छ । आयोजकले सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा स्थानीयबासीलाई प्रतियोगितामा सहभागी भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरेको छ।