You are currently viewing दीपेन्द्रको कीर्तिमान, तो’डे सुवासको १२ वर्ष पुरानो रेकर्ड

दीपेन्द्रको कीर्तिमान, तो’डे सुवासको १२ वर्ष पुरानो रेकर्ड

नेपाली क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले इतिहास रचेका छन्। उनी अब आइसिसी टी–२० विश्वकपमा उच्च स्कोरको पारी खेल्ने नेपाली ब्याटर बनेका छन्। दीपेन्द्रले यो उपलब्धि आइतबार वेस्ट इण्डिजसँगको खेलमा हासिल गरे। यस म्याचमा उनले ४७ बलमा तीन छक्का र तीन चौकासहित सर्वाधिक ५८ रनको पारी खेले।

योसँगै दीपेन्द्रले सुवास खकुरेलको १२ वर्ष पुरानो कीर्तिमान भं’ग गरेका छन् । सुवासले सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध ५३ बलमा ६ चौका र एक छक्कासहित ५६ रनको पारी खेलेका थिए। उनको त्यो रेकर्ड अब दीपेन्द्रले तो’डेका छन्।

उनकै उत्कृष्ट ब्याटिङको मद्दतमा लगातार विकेट गु’माएको नेपालले वेस्ट इण्डिजविरुद्ध १३३ रन बनायो। नेपाललाई यहाँसम्म पुर्याउन सोमपाल कामीको भूमिका पनि अहम् रह्यो । उनले १४ बलमा चार चौकासहित अविजित २६ रनको पारी खेले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply