धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २०८३ सालको भर्ना अभियान वैशाख ४ अर्थात आजबाट सुरु गर्न संस्थागत तथा सामुदायिक विद्यालयलाई जानकारी गराएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि कक्षा सञ्चालन गर्न स्थानीय तहहरूलाई परिपत्र गरे पनि त्यसले विद्यार्थीको अध्ययन–अध्यापनमा अवरोध हुने, पाठ्यक्रमअनुसारको वार्षिक कार्यघण्टी नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास आउने र विद्यालयमा अध्ययन–अध्यापन हुने दिन नपुग्ने देखिएको उपमहानगरपालिकाले जनाएको छ।
यसै सन्दर्भमा उपमहानगरपालिकाले प्याब्सन,एनप्याब्सन,हिसान लगायत विभिन्न सरोकारवाला निकायसँग छलफल गरी २०८३ वैशाख ३ गते सम्पन्न नगर शिक्षा समितिको निर्णयअनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भर्ना अभियान र अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार वैशाख ४ गते अर्थात आजदेखि ११ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र वैशाख १४ गतेदेखि नियमित अध्ययन–अध्यापन कार्य सुरु गरिने उपमहानगरपालिकाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?