धनगढीमा घर तथा कार्यालयमै खाना र खाजा पु¥याउने होम डेलिभरी सेवा सुरु भएको छ। ‘कान्छा दाई’ एपमार्फत ग्राहकले आफूलाई मन परेको रेस्टुरेन्टको खाना तथा खाजा घरमै मगाउन सक्ने गरी शुक्रबारदेखि सेवा सुरु गरिएको हो।

सुदूरपश्चिमका लागि ‘कान्छा दाई’को फ्रेन्चाइच मनुश्री मल्टीसर्भिस प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको हो। सेवा सुरु भएको अवसरमा तीन दिनसम्म ग्राहकलाई २० प्रतिशत छुट र निःशुल्क डेलिभरीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
सुरुवाती चरणमा धनगढीका ब्रेड बक्स, पोटली, वल्र्ड हाउस बेकरी, गौतम फास्ट फुड र हेम फुडलगायतका रेस्टुरेन्ट तथा खाद्य व्यवसायबाट खाना अर्डर गर्न सकिनेछ।

मनुश्री मल्टीसर्भिस प्राइभेट लिमिटेडका सञ्चालक दिनेश बोहराका अनुसार रेस्टुरेन्टमा पुगेर खाना खान नसक्ने वा घर, कार्यालय तथा काम गर्ने ठाउँमै खाना मगाउन चाहने ग्राहकलाई लक्षित गरेर सेवा सुरु गरिएको हो।
‘कान्छा दाई’ एपमार्फत आफूलाई मन परेको खाना तथा खाजा अर्डर गर्न सकिने र अर्डर गरेको केही समयमै ग्राहकले दिएको स्थानमा पु¥याइने बोहराले बताए। उनका अनुसार एपमार्फत जुनसुकै समयमा खाना तथा खाजा अर्डर गर्न सकिनेछ।
‘कान्छा दाई’ एप एन्ड्रोइड र आइफोन दुवैमा चल्नेछ। कम्पनीका अनुसार हाल यो सेवा धनगढीसहित नेपालगन्ज, कोहलपुर, दाङ र जोमसोमलगायतका क्षेत्रमा सञ्चालनमा छ।
धनगढीमा सेवा विस्तार गरेपछि महेन्द्रनगर र अत्तरियामा समेत सेवा विस्तार गर्ने योजना रहेको बोहराले बताए।
धनगढीमा यसअघि एपमार्फत विभिन्न रेस्टुरेन्ट तथा खाद्य व्यवसायबाट खाना अर्डर गरेर घरमै पु¥याउने सेवा व्यापक रूपमा उपलब्ध थिएन। ‘कान्छा दाई’को सेवा सुरु भएपछि घर, कार्यालय वा आफू रहेको जुनसुकै स्थानबाट खाना अर्डर गर्न सकिने भएकाले ग्राहकलाई सहज हुने बताइएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?