धनगढीमा डेउडा प्रतिष्ठानले डेउडा खेल्दै खीर खाँदै विशेष रुपमा मनायो साउन प्रन्ध्र

१५श्रावण,२०८२ः धनगढीमा डेउडा प्रतिष्ठानको आयोजनामा खीर खाने दिनलाई विशेष रुपमा मनाएको छ। भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डेउडा प्रतिष्ठानको केद्रिय कार्यालय, धनगढीमा खीर खाने दिनको अवसरमा विविध सांस्कृतिक कार्यक्रमसहित खीर खाने दिन मनाएका छन्।


“भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्न हाम्रो दायित्व हो” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का सहभागी थिए।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सामाजिक विकास समितिका सभापति धर्मराज पाठक, प्रदेश सभा सदस्य विक्रम धामी,योजना आयोगका सदस्य नृप सुनार, साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व, स्थानीय बासिन्दा,सञ्चारकर्मी तथा प्रतिष्ठानका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावत डोटेली कान्छाको अध्यक्षतामा भएको थियो भने सञ्चालन महासचिव प्रेम विवस चन्दले गरेका थिए। कार्यक्रममा खीर खाएर सांस्कृतिक पहिचान झल्किने डेउडा खेल सहित“खीर दिवस”लाई विशेष उत्सवका रूपमा मनाइएको थियो।

डेउडा प्रतिष्ठानका महासचिव प्रेम विवस चन्दका अनुसार कार्यक्रमले स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा प्रचारप्रसारमा सहयोग पु¥याएको बताए । पछिल्ला केहि वर्षयतादेखि डेउडा प्रतिष्ठानले हरेक वर्ष खीर खाने दिनलाई विशेष रुपमा मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top