सुदूरपश्चिम प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगीतामा कैलालीले विजयी सुरुवात गरेको छ । धनगढीको फाप्ला खेलमैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा कैलालीले अछामलाई ५८ रनले पराजित गरेको हो ।

खराब मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा कैलालीले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याएको अछामले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर मात्र ११३ रन जोड्न सफल भयो । अछामका लागि निरदर्शन कुँवरले ३५ तथा निराजन गौतमले २५ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रर्दशन गर्न सकेनन ।

कैलालीका लागि डम्मर माझी एक्लैले ४ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिएका हुन । माझी खेलका म्यान अफ दी म्याच चुनिए । त्यस्तै बसन्त सिंह कार्कीले पनि उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका उनले १ मेडन फाल्दै २० रन खर्चेर ३ विकेट लिएका हुन । कप्तान नारायण जोशी र अविशेक कोइरालाले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित ३० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाउन सफल भयो । कैलालीका लागि कप्तान नारायण जोशीले सर्वाधिक ३८ रनको पारी खेले । १८ बलको सामना गरेका उनले ३ चौका र २ छक्का समेत प्रहार गरे । त्यस्तै निश्चल क्षेत्रीले ३३,अयुब चन्दले २८,अभिशेक पालले १९ तथा टेक रावतले १८ रनको पारी खेले ।

अछामका लागि आर्यन बिकले ३,रमेश भट्टले २ तथा खगेन्द्र कुँवर र निराजन गौतमले समान एक एक विकेट लिए । मंगलबार कञ्चनपुर र अछामका बीच खेल हुनेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सोमबारबाट सुरु भएको प्रदेश स्तरीय छनोट प्रतियोगीता माघ २४ गते समापन हुनेछ ।

त्यसअघि सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का रहेका थिए । खड्काले खेलकुद परिषदले आफ्नो क्षमता अनुसार क्रिकेटलाई गर्ने सहयोगलाई निरन्तरता दिने बताएका छन । क्यानका केद्रिय सदस्य धिरेन्द्र सावदले पिएम कप राष्ट्रिय टिमसँग पुग्ने बाटो भएकाले खेलाडिहरुले अनुशासित भएर उत्कृष्ट खेल प्रर्दशन गर्नुपर्ने बताए ।

कार्यक्रममा क्यानका केद्रिय सदस्य द्वय धिरेन्द्र साउँद र बिक्रम बिष्ट,त्यसैगरी फाप्ला खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुवास शाही, प्रादेशिक क्रिकेट संघका निवर्तमान अध्यक्ष हरी रेग्मी,प्रादेशिक क्रिकेट संघका सल्लाहकारहरु दिपक सुरी,धर्मराज जोशी र सत्तिस जोशी लगायतको उपस्थिति रहेका थियो ।

प्रतियोगीताका संयोजक बाबुराजा क्षेष्ठ रहेका छन भने भेन्यु इन्चार्जमा देव नारायण झा रहेका छन । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश सिंहले स्वागत मन्तव्य राखेको उक्त उद्घाटन सत्रको सञ्चालन डिल्लीराज ओझा समर्पणले गरेका थिए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघलाई एसपिए कलेजको मुख्य प्रायोजन
धनगढीको अग्रेणी शैक्षिक संस्था सुदूरपश्चिमाञ्चल कलेज एसपिएले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग मुख्य प्रायोजकको सम्झौता गरेको छ । सोमबार धनगढीको ब्रेड बक्स क्याफेमा एक कार्यक्रमका बीच एसपिए कलेजका तर्फबाट सुवास शाही र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका तर्फबाट अध्यक्ष बाशुदेव जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सुदूरपश्चिमको महिला र पुरुष क्रिकेट टोलीलाई एसपिए कलेजले तीन वर्षसम्मका लागि मुख्य प्रायोजन गरेको छ ।

अब सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आयोजना गर्ने विभिन्न प्रतियोगीतामा एसपिए कलेजले आर्थिक सहयोग गर्नेछ भने प्रादेशिक महिला र पुरुष टोलीलाई शत प्रतिशत तथा जिल्ला स्तरीय प्रतियोगीता खेल्ने टोलीलाई ५० प्रतिशत छात्रवृत्तिमा पढाउनेछ ।

त्यस्तै सुदूरपश्चिमको महिला र पुरुष क्रिकेट टोलीले तीन वर्षसम्म एसपिए कलेजको लोगो अंकित जर्सी प्रयोग गर्नेछ । सम्झौतापछि दुवै पक्षले सुदूरपश्चिम प्रदेशको क्रिकेट विकासका लागि यो ऐतिहाँसिक क्षण भएको प्रतिक्रिया दिएका छन ।

सम्झौता कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका केद्रिय सदस्य द्वय धिरेन्द्र साउँद र बिक्रम बिष्ट तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश सिंहको पनि उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?