धनगढी क्रिकेट एकेडेमीका ७ खेलाडी NPL खेल्ने,कुन खेलाडी कतिमा बिक्री भए ?/DCA

धनगढीः धनगढी क्रिकेट एकेडेमी (डीसीए) का सात जना खेलाडीले यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा स्थान सुरक्षित गरेका छन्। शनिबार सम्पन्न अक्सनमा विभिन्न टिमका लागि ३७ जना क्रिकेटर अनुबन्ध हुँदा डीसीएका खेलाडी पनि चयन भएका हुन्।

बिराटनगर किंग्सले लोकेश बम र नरेन भट्टालाई ‘रिटेन’ गरेको छ भने, सोही टिमले नारायण जोशीलाई ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। चितवन राइनोजले बिपिन रावललाई ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।

यस्तै, सुदूरपश्चिम रोयल्सले दिपेन्द्र थापा र टेक ब. रावतलाई २–२ लाख रुपैयाँमा भित्र्याएको छ भने, जनकपुर बोल्ट्सले सचिन भट्टालाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। डीसीए परिवारले खेलाडीहरूको यो सफलताले स्थानीय क्रिकेट प्रतिभा राष्ट्रिय स्तरमा उदाएको भन्दै बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेको छ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अक्सनमा १६४ जना खेलाडीको सहभागिता रहेको थियो। यस सिजनका ८ टोलीमा ५१ खेलाडी रिटेन भएका छन्।
यसअघि, नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा डीसीएका ६ जना खेलाडी अनुबन्ध भएका थिए। दोस्रो सिजन आगामी नोभेम्बरमा हुने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top