धनगढी बुद्ध एकेडेमीकी प्रिन्सिका ‘मिस लिटिल फार्वेस्ट वर्ल्ड २०२६’ को विजेता बन्न सफल

धनगढी । धनगढी बुद्ध एकेडेमीमा कक्षा ३ मा अध्ययनरत अत्यन्तै प्रतिभाशाली विद्यार्थी प्रिन्सिका भण्डारी ‘मिस लिटिल फार्वेस्ट वर्ल्ड २०२६’ को विजेता बन्न सफल भएकी छन्। धनगढीमा सनिबार सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेकी भण्डारीलाई धनगढी बुद्ध एकेडेमीले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

 

विद्यालयले सानै उमेरदेखि कला क्षेत्रमा अब्बल प्रस्तुति दिँदै आफ्नो तथा विद्यालयको नाम उँचो राख्न सफल भएको भन्दै उनको प्रतिभाको प्रशंसा गरेको छ। विद्यालय परिवारले आगामी दिनमा पनि भण्डारीको कला तथा प्रतिभा अझै फस्टाउँदै जाओस् भन्दै सफलताको शुभकामना दिएको छ।

उक्त ग्राण्ड फिनालेमा Grand Winner को उपाधि धनगढीकी परिधि दाहालले हात पारेकी छन्।परिधिले फाइनल चरणमा रहेका सबै प्रतिस्पर्धिलाई पछि पार्दै उपाधिको ताज पहिरिएकी हुन। निकै प्रतिभाशाली रहेकी परिधिले गतवर्ष धनगढीमा सम्पन्न धनगढी डान्स च्याम्पियनसीपको उपाधि पनि जितेकी थिइन । परधि धनगढीको बाल्मीकी इण्टरनेसनल स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन ।

त्यस्तै Miss Teen Global International Nepal को उपाधि बिन्दु जोशीले जितेकी छन्। प्रतियोगितामा Miss Teen Farwest Nepal 2026 को उपाधि प्रतिभा खड्काले प्राप्त गरिन । ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र स्टेज प्रस्तुति प्रदर्शन गरेका थिए। त्यसैगरी Runner-Up तर्फ निर्मला बम र विशेषता खड्का घोषित भएका छन्।

‘Beauty • Talent • Confidence • Culture’ भन्ने अवधारणाका साथ आयोजना गरिएको प्रतियोगिताको मुख्य उद्देश्य बालबालिका तथा किशोर-किशोरीमा लुकेका प्रतिभाको पहिचान गर्दै उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकास गर्नु रहेको आयोजकको भनाइ छ।ग्राण्ड फिनालेमा विजेताहरूलाई विभिन्न अवसर, थप प्रशिक्षण तथा आगामी मोडलिङ गतिविधिमा सहभागी गराउने योजनासमेत रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको ग्राण्ड फिनालेमा विजेताहरूलाई ताज, प्रमाणपत्र तथा विभिन्न पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमले सुदूरपश्चिममा बाल तथा किशोर-किशोरीको प्रतिभा पहिचान र व्यक्तित्व विकासका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको कोरियोग्राफर नवराज देउवाले बताए । बालबालिमा रहेको प्रतिभालाई बाहिर निकाल्ने उदेश्यका साथ न्यु राइज इन्टरटेनमेन्टसनले २०१८ देखि यस्ताखाले प्रतियोगीताहरु गर्दै आएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top