धनगढी, फागुन ०८ : कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार नर नारायण शाह ‘मनु’ तर्फ मतदाताको लहर बढ्दै गएको छ । चुनावी अभियान तीव्र बन्दै जाँदा गाउँ–टोलमा मतदाताको उत्साह मनु तर्फ उल्लेखनीय रूपमा बढ्दै गएको हो । “गर्न सकिने कामको मात्रै वाचा” गर्ने शैलीका कारण मनु प्रति मतदाताको विश्वास बढ्दै गएको मतदाताहरुको भनाई छ । स्थानीय मतदाता रामप्रसाद चौधरी भन्छन्, “हामीलाई ठूला–ठूला सपना होईन, सम्भव काम चाहिएको छ । मनुजीले जे बोल्नुहुन्छ, त्यही अनुसार काम गर्ने विश्वास दिलाउनु भएको छ । त्यसैले हामी उत्साहित छौं ।”

चुनावी अभियान अन्तर्गत टोल–टोलमा घरदैलो, कोणसभा र अन्तरक्रियाहरू भईरहेका छन् । यस्ता कार्यक्रमहरुमा मनु तर्फ मतदातामा उत्साह समेत देखिएको छ । झुटा आश्वासन नदिने, यथार्थ परक योजना मात्रै सार्वजनिक गर्ने र कार्यान्वयनमा जोड दिने प्रतिबद्धताले उनलाई रुचाउने मतदाता बढेका हुन् । स्थानीय मतदाता प्रेम चौधरी भन्छन्, “हामीलाई आकाशे सपना होईन, सम्भव काम चाहिएको छ । मनुजीले जे सम्भव छ त्यही मात्र भन्नुहुन्छ । त्यसैले यसपटक हाम्रो मत उहाँलाई नै हुन्छ ।”
जेन्जी र युवाहरु पनि नर नारायण शाह मनुको पक्षमा खुल्दै गएका छन् । उनले युवाका लागि विशेष कार्यक्रम अघि सार्दै ‘जेन्जीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । सीपमूलक तालिम, रोजगारी सिर्जना, खेलकुद पूर्वाधार र डिजिटल अवसर विस्तार जस्ता एजेन्डाले युवाहरू उत्साहित बनेका छन् । स्थानीय युवा दीपक जोशी भन्छन्, “हामीलाई रोजगारी, पूर्वाधार र अवसर चाहिएको छ । मनु दाईले युवामुखी योजना अघि सार्नु भएको छ । त्यसैले युवाहरु उत्साहित छन् ।” अर्का युवा पुक्ष्कर बिष्ट भन्छ्न, “हामीलाई काम र अवसर चाहिएको छ । मनु दाईले युवामैत्री कार्यक्रम ल्याउने भन्नुभएको छ । त्यसैले हामी उहाँको साथमा छौं ।”

राजनीतिसँगै शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि दिएको योगदानले पनि मतदातालाई प्रभावित पारेको छ । स्थानीयहरूका अनुसार, निरन्तर समाजसेवा र सक्रिय सहभागिताले मनुलाई भरोसायोग्य उम्मेदवारका रूपमा स्थापित गरेको छ । उनको स्वच्छ छवि र स्वभावले पनि मतदातालाई आकर्षित गरेको स्थानीयहरु बताउँछन् । “उहाँको व्यवहार सरल छ, कसैसँग विवाद छैन । अहिलेसम्म कुनै दाग नलागेको व्यक्ति हुनुहुन्छ । मतदाता सरस्वती भट्ट भन्छिन्, “यस्तो प्रतिनिधि पाए क्षेत्रको विकासमा टेवा पुग्छ भन्ने हाम्रो विश्वास हो ।”

चुनावी गतिविधिहरुमा बढ्दो सहभागिता र घरदैलो अभियानमा देखिएको सक्रियताले पनि उनको पक्षमा माहोल बलियो बन्दै गएको समर्थकहरूको दाबी छ । अभियानका क्रममा अधिकांश मतदाताले समर्थन जनाउँदै मत दिने प्रतिबद्धता व्यक्त गरिरहेको उनको चुनावी टोलीको दाबी छ । समग्रमा, स्वच्छ छवि, शालीन व्यवहार, यथार्थपरक प्रतिबद्धताकै आधारमा मनुलाई जिताएर क्षेत्रको विकासमा नयाँ गति दिने मनसाय मतदातामा देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?