धनगढीको नवजीवन सहकारी संस्थामा स्वतन्त्र उम्मेदवारी दिएका दुई जना विजयी भएका छन् । अध्यक्षमा गोपालराज पाठक, केशवराज मिश्र र घनबहादुर शाह प्यानसहित प्रतिस्पर्धामा थिए ।तर, कार्य समितिको सदस्य पदमा भने केशवराज जोशी र खेमराज पाण्डेय गरेर दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । जोशीले सबैभन्दा धेरै मत पाएर चुनाव जितेका छन् ।

अन्तिम मतपरिणाम अनुसार जोशीले सर्वाधिक पाँच हजार १४३ मत पाएका छन् । दोस्रोमा पाठक प्यानलकी कोपिला कुुँवरले चार हजार ११२, गणेश बमले तीन हजार ४२६, जयराज जोशीले तीन हजार २८०, लक्ष्मीराज पन्तले तीन हजार २७६ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार खेमराज पाण्डेयले तीन हजार १३२ र शाह प्यानलका दिर्घबहादुर शाहले तीन हजार ११८ मत पाएका छन् । संस्थाको अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । उनका निकतम प्रतिद्धन्दी केशव राज मिश्रले ४४६९ मत ल्याए भने तेश्रो स्थान हाँसिल गरेका घन बहादुर शाहले ३६४४ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?