२४ असोज २०८३ : नेपाली कांग्रेसको सभापतिमा भारी मतका साथ गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो ।

लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणनाको केहिबेर अघि आएको अन्तिम मतपरिणाम अनुसार सभापतिमा निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । जसमा कुल ५४ मत बदर भएको थियो । सभापतिमा उम्मेदवारी दिएका किशोर कुमार राठोरले उम्मेदवारी फिर्ता दिदै गगन थाापालाई नै समर्थन गरेका थिए ।

७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?