धनगढी : नेपाली कांग्रेस कैलाली क्षेत्र न.५ को सचिवमा डण्डीराज सुवेदी विजयी भएका छन । थप दुईजना प्रतिस्पर्धिलाई उछिन्दै सुवेदीले ३२१ मत ल्याएर विजयी भएका छन । उनका निकटम प्रतिद्धन्द्धि महेश गोलेले १६३ मत प्राप्त गर्दा कुबेर थापाले १०६ मत प्राप्त गर्न सके ।

त्यस्तै आजै सम्पन्न मतगणनाअनुसार सभापतिमा भीम पडाल भारी मतका साथ विजयी भएका छन । केहिबेर अगाडी सम्पन्न अन्तिम मतपरिणाम अनुसार पडालले ४२३ मत ल्याएर सभापतिमा दोश्रो कार्यकालका लागि बाजी मारेका हुन । उनका निकटम प्रतिद्धन्द्धि केशब राज जोशीले १९७ मत प्राप्त गरे ।
अहिले महाधिवेशन प्रतिनिधि लगायत अन्य पदको लागि मतगणना जारी रहेको निर्वाचन अधिकृतले जनाएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?