नेपाली कांग्रेस धनगढी नगर सभापतिमा गजेन्द्र सिंह निर्वाचित,अरु पदमा को को विजयी ?

नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका नगर सभापतिमा गजेन्द्र सिंह विजयी भएका छन । विहीबार भएको मतदानमा २८१ मतका साथ सिंह विजयी भएका हुन । उनका प्रतिस्पर्धी मोहनराज ओझाले २६६ मत प्राप्त गरे ।

त्यस्तै महिला उपसभापतिमा ३४१ मतका साथ लिला कुमारी भट्ट निर्वाचित भएकी छन । उनका प्रतिस्पर्धी यमुनाकुमारी पाण्डे भट्टले १५२ मत प्राप्त गरिन । उपसभापति पुरुषतर्फ श्यामप्रसाद श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

सचिव पदमा कमल पनेरुविजयी भएका छन । उनले ३११ मत ल्याएर जित हासिल गर्दा उनका प्रतिस्पर्धी सन्तोष कुँवरले १८४ मत प्राप्त गरे । नगर अधिवेशनबाट चयन हुने पुरुषतर्फ दुई जना जिल्ला सदस्यका लागि आठ जनाको उम्मेदवारी परेकोमा दिपेन्द्र बहादुर सिह (१८२ मत ) र देबराज जोशी (१७९ मत) प्राप्त गरि विजयी भएका छन । तीन जना जिल्ला सदस्य मध्ये महिला सदस्यमा पार्वती भट्ट जोशी यसअघि नै निर्विरोध निर्वाचित भएकी छन् ।

धनगढी उपमहानगरपालिकाका १९ वटाबाट आएका ६ सय ८ जना क्षेत्रीय प्रतिनिधिले नगर नेतृत्व चयनका लागि मतदानमा सहभागिता जनाएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top