२८ असार २०८२ : नेपाली युवा क्रिकेट प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणका लागि क्यानले पहल गरेको छ । राजदूत क्रिकेट फेलोशिप कार्यक्रम अन्तर्गत तीन यू–१९ नेपाली क्रिकेटरहरू नरेन भट्ट,साहिल पटेल र पूजा महतोले भारतको भोपालस्थित एल।बी। शास्त्री क्रिकेट शालामा एक महिनाको उच्चस्तरीय पेशागत प्रशिक्षणमा सहभागी हुन पाउनेछन ।

प्रशिक्षण १५ जुलाईदेखि १४ अगस्टसम्म रहनेछ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी भारतीय राजदूतावास काठमाडौंका राजदूतले तीनै खेलाडीलाई शुभकामना दिएका छन्। कार्यक्रममा नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्दको पनि उपस्थिति रहेको थियो।

यस्ताखाले प्रयासले नेपाली क्रिकेट प्रतिभालाई थप निखार्ने मात्र होइन नेपाल–भारतबीचको मित्रता अझ प्रगाढ बनाउने विश्वास गरिएको छ क्यानले लिएको छ । पछिल्लो समय क्यानले दिल्ली क्रिकेट बोर्डसँग समन्वय गरेर राष्ट्रिय महिला टोली तथा यु१९ खेलाडीहरुलाई बेलाबेलामा प्रशिक्षणका साथै मैत्रिपूर्ण प्रतियोगीतामा समेत सहभागी गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?