You are currently viewing नेपाल ‘ए’ ले दोस्रो अभ्यास खेलमा आसाम प्रदेश क्रिकेट संघको टिमलाई सजिलै हरायो

नेपाल ‘ए’ ले दोस्रो अभ्यास खेलमा आसाम प्रदेश क्रिकेट संघको टिमलाई सजिलै हरायो

१३ भाद्र,२०८२ः नेपाल ‘ए’ ले दोस्रो अभ्यास ट्वान्टी-२० खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघविरुद्ध ९६ रनको जित निकालेको छ ।

नेपालको जितसँगै पाँच खेलको शृंखला १/१ को बराबरीमा आएको छ । पहिलो खेलमा नेपाल डकवर्थ लुइस पद्धतिका आधारमा १५ रनले पराजित भएको थियो ।शुक्रबार गुवाहटीमा नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमै समेटियो ।

आसामका लागि रुहिनन्दन पेगुले १७, शिवशंकर रोयले १६ र आकाश सेनगुप्ताले १० रन बनाए ।नेपालका लागि युवराज खत्रीले चार, बसिर अहमदले तीन तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले समान एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको थियो ।नेपालका लागि सन्दीप जोराले ३५, पवन सर्राफ र देव खनालले समान ३१, बसिर अहमदले २७, विवेकुमार यादवले अविजित २६ र आदिल आलम अन्सारीले १४ रन बनाए ।आसामका लागि आकाश सेनगुप्ताले तीन, अभिनव चौधरीले दुई तथा आयुशमान मालाकार र अभिलश गोगोइले समान एक विकेट लिए ।शृंखलाको तेस्रो खेल शनिबार हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply