२० श्रावण,२०८२: यहि अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि बंगलादेश ‘ए’ टोलीको घोषणा भएको छ। बंगलादेश क्रिकेट बोर्डले विकेटकिपर ब्याटर नुरुल हसन सोहनको कप्तानीमा टोली घोषणा गरेको हो । प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा आयोजना हुँदैछ ।

बंगलादेशले अगस्ट १४ मा पाकिस्तान ‘ए’ सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसैगरी नेपाल र बंगलादेशबीचको खेल अगस्ट १६ मा हुनेछ ।
नेपालले पनि रोहित कुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्सीय टोली घोषणा गरिसकेको छ । नेपालको १६ सदस्सीय टोलीमा रोहित कुमार पौडेल,दिपेन्द्र सिंह ऐरी,सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी रहेका छन ।

बंगलादेशी टोली : नुरुल हसन सोहान (कप्तान), मोहम्मद सैफ हसन, मोहम्मद नइम, जिशान आलम, महिदुल इस्लाम भुइयाँ, यासिर अली चौधरी, अफिफ हुसेन ध्रुवो, तुफायल अहमद, मोहम्मद मृत्युन्जय चौधरी, रकिबुल हसन, महफुजुर रहमान रब्बी, नइम हसन, मुस्फिक हसन, रिपन मण्डल, हसन महमद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?