२९भाद्र,धनगढीः वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १५७ को उपधारा (२) बमोजिम आइतबार राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेको हो। भण्डारी वरिष्ठ अधिवक्ता हुन । यसअघि पूर्व महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?