प्रदेश स्तरीय यु-१९ महिला टि-२० क्रिकेटमा डडेल्धुरा विजयी, बैतडी र दार्चुलाले अङ्क बाँडे

असार १५,धनगढी : सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढीमा भइरहेको प्रदेश स्तरीय यु-१९ महिला टि२० क्रिकेट प्रतियोगितामा समूह बी अन्तर्गत डडेल्धुरा विजयी भएको छ भने दोश्रो खेल वर्षाले प्रभावित भएपछि बैतडी र दार्चुलाले अङ्क बाँडेका छन्।

धनगढीको फाप्ला मैदानमा आज भएको पहिलो खेलमा डडेल्धुराले डोटीलाई दुई रनले पराजित गरेको छ। वर्षाका कारण पाँच ओभरमा छोट्याएको खेलमा पहिले ब्याटिङ गर्दै डडेल्धुराले एक विकेट क्षतिमा ३८ रन बनायो। प्रति उत्तरमा डोटीले निर्धारित पाँच ओभरमा ३६ रन मात्रै बनाउन सक्यो । यो जितसँगै डडेल्धुराले पहिलो खेलमै दुई अङ्क जोडेको छ ।

आज नै हुने भनिएको दोस्रो खेल भने वर्षाले प्रभावित भएपछि बैतडी र दार्चुलाले अङ्क बाँडेका छन्। बैतडीले पहिले ब्याटिङ गर्दै ५८ रन बनाएको अवस्थामा लगातार वर्षा भएपछि दुवै टोलीलाई एकएक अङ्क दिइएको छ। प्रतियोगिता अन्तर्गत भोलि पनि दुई खेल हुनेछन्। यसअघि समूह ए बाट कञ्चनरपुर समूह विजेता र कैलाली उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेका छन ।

सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा असार १२ गतेबाट सुरु भएको प्रतियोगीता असार १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगीतामा प्रदेशका ८ टोली सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख र उपविजेता टोलीले नगद १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएकोछ । यस्तै, सान्त्वना २ टिमलाई नगद ५०/५० हजार प्रदान गरिने छ भने ‘म्यान अफ द सिरिज’ लाई २५ हजार, ‘बेष्ट ब्याट्सम्यान’ र ‘वेष्ट बलरलाई १५/१५ हजार तथा ‘उदयमान खेलाडी’ लाई १० हजार र ‘म्यान अफ द म्याच’ को रुपमा २ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top