You are currently viewing बंगलादेश क्रिकेट बोर्डको अध्यक्षमा फारुख अहमद

बंगलादेश क्रिकेट बोर्डको अध्यक्षमा फारुख अहमद

पूर्व क्रिकेटर तथा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का चिफ सेलेक्टर फारुख अहमद बंगलादेश क्रिकेट बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । निर्वतमान अध्यक्ष नजमुल हसनले राजीनामा दिएपछि अहमदले बोर्डका अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।हसनले बुधबार बोर्डको अध्यक्षको पद त्याग्ने बताएपछि बोर्डको नयाँ अध्यक्षको रुपमा अहमदले जिम्मेवारी सम्हाल्ने भएका हुन् । हसनले बीसीबीमा रही आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेका थिए ।

फारुखले बंगलादेशका लागि सन् १९८८ देखि १९९९ सम्म ७ वटा एकदिवसीय खेल खेलेका थिए । उनले १९९४ मा आइसीसी ट्रफीमा बंगलादेशको नेतृत्व सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply