भारतको बरेली, उत्तर प्रदेशमा भइरहेको मैत्रीपूर्ण क्रिकेट शृंखलामा धनगढी क्रिकेट एकेडेमी (DCA) का आकुश चन्दले लगातार उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिचिरहेका छन्। शृंखलाको पहिलो खेलमा उनले केवल ३२ बलमा अविजित ५९ रनको शानदार पारी खेलेका थिए।
त्यसपछि दोस्रो खेलमा उनले अझ उत्कृष्ट प्रदर्शन गर्दै मात्र ५० बलमा ११७ रनको विस्फोटक शतक प्रहार गरे। यस पहिलो खेलमा DCA ले कुल १९२/६ (२६ ओभर) को मजबूत स्कोर बनाएको थियो।

यसै खेलमा सचिनले कार्किले पनि उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका थिए, जसले टोलीलाई मजबुत स्थितिमा पुर्याउन महत्वपूर्ण योगदान दिएको थियो। दोस्रो खेलमा पनि Dhangadhi Cricket Academy (DCA) ले उत्कृष्ट प्रदर्शन गर्दै Khalifa Cricket Academy माथि १३१ रनको शानदार जित दर्ता गरेको छ।
🏏दोस्रो खेलमा DCA ले जम्मा ३० ओभर खेलेर 276 रन को target दियको थियो Khalifa Cricket Academy लाई र जवाफी batting मा उत्रेको KCA ले जम्मा २२.४ ओभरमा all out हुँदै १४४ रनमा समेटिए को थियो ।
यसै दोस्रो खेलमा पिरिन्कल चन्द ले पनि उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका थिए, जसले टोलीलाई मजबुत स्थितिमा पुर्याउन महत्वपूर्ण योगदान दिएको थियो।
DCA ले लगातार दोस्रो जित हासिल गर्दै मैत्रीपूर्ण सिरिजमा आफ्नो दबदबा कायम राखेको छ। ब्याटिङतर्फ Aakush Chand को विस्फोटक शतकले टोलीलाई बलियो स्कोरसम्म पुर्यायो भने बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै Khalifa Cricket Academy लाई 144 रनमै समेटे। आज friendship series ko तेस्रो match chaleraheko DCA का manager Sandeep Bhatta ले बतायहाल यो मैत्रीपूर्ण शृंखला भारतको बरेलीस्थित मैदानमा DCA र Khalifa Cricket Academy बीच खेलिँदै आएको छ। आकाश चन्दको लगातार उत्कृष्ट प्रदर्शनले उनलाई शृंखलाको प्रमुख आकर्षण बनाएको छ भने टोलीलाई पनि थप आत्मविश्वास प्रदान गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?